श्यामकुमार ठाकुर, सिरहा – सिरहाको कल्याणपुर नगरपालिका वडा नं ८ मा एकजना उपर भएको आक्रमणको घटनाप्रति राजपा नेपाल जिल्ला कार्यसमिति सिरहाको ध्यानाकर्षण भएको छ ।


ADVERTISEMENT


बुधबार एक विज्ञप्ती जारी गर्दै गत फाल्गुन २८ गते कल्याणपुर नगरपालिका वडा नं. ८ बस्ने ५८ बर्षीय लक्ष्मी नारायण सिंह आफ्नै घरमा बसिरहेको अवस्थामा स्थानीय २६ वर्षीय प्रभाष सिंहले लक्ष्मी नारायणमाथि बन्चरो प्रहार गरी सख्त घाइते बनाएको घटनाप्रति राजपाले ध्यानाकर्ष भएको जनाएको हो ।


ADVERTISEMENT

# # #


वडा सदस्य समेत रहेका प्रभाषले उपभोक्ता समिति आसेपासेलाइ बनाएको भन्दै त्यसको बिरोधमा लक्ष्मीनारायणले कल्याणपुर नगरपालिकाको कार्यालयमा निवेदन दिएका थिए । आफूमाथि उजुरी गरेको निहुँमा प्रभाषले आफ्नो भाई अभाष सिंह र बुबा कैलाश सिंहको सहयोगमा लक्ष्मी नारायणमाथी बन्चरोले शरिरको विभिन्न भागमा आक्रमण गरी सख्त घाइते बनाएका थिए ।

घटनाको बिषयमा पीडितले निवेदन दिन जाँदा ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरिक्षक गजुसिद्धि बज्राचार्यले जाहेरी दर्ता गर्न अस्विकार गरी निवेदकसंगै गएका राजपा नेताहरुलाई दुरब्यबहार गरेको समेत राजपाले विज्ञप्तीमा उल्लेख गरेको छ ।

विज्ञप्तप्मा भनिएको छ, ‘लक्ष्मी नारायणमाथी आक्रमण गर्ने प्रभाष सिंहलाई प्रहरीले पक्राउ गरेपनि सोही दिन मिलेमतोमा तत्कालै छाडिएकोले प्रहरीको नियतमाथी प्रश्न चिन्ह खडा भएको छ ।’

पीडक प्रभाषलाई ३ दिनभित्रमा पक्राउ नगरे चरणबद्ध रुपमा आन्दोलनमा उत्रने राजपा नेपाल सिरहा जिल्ला संयोजक मोहम्मद मुस्ताकद्धारा जारी विज्ञप्ती मार्फत चेतावनी समेत दिईएको छ । विज्ञप्तीमा राजपा अध्यक्ष मण्डलका जिल्ला सदस्यहरु राम दयाल यादब, राम बहादुर महतो, जिबरंजन यादब, उपेन्द्र सिंह र शर्बनारायण झाको हस्ताक्षर रहेका छन् ।

बन्चरो प्रहारबाट सख्त घाइते भएका लक्ष्मीनारायण सिंहको हाल म्याक्स ईनटरनेश्नल हस्पिटल विराटनगरमा उपचार भईरहेको छ ।