काठमाडौँ– जिम्बावेमा जारी विश्वकप छनोटको प्लेअफ अन्तर्गत पपुवा न्यूगिनीविरुद्ध(पीएनजी) नेपालले तेस्रो सफलता हात पारेको छ । सन्दीप लामिछानेले चद सोपरलाई व्यक्तिगत १० रनमा आउट गरेका हुन् । सोपर सन्दीपको बलमा एलबीडब्लुको धरापमा परे ।


ADVERTISEMENT


यसअघि हरारेको हरारियन मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको पीएनजीले आफ्नो पहिलो विकेट गुमाएको थियो । नेपालका लागि सोमपाल कामीले पहिलो सफलता दिलाएका थिए।


ADVERTISEMENT

# # #


उनले असाड भालालाई व्यक्तिगत १० रनमा आउट गरे। सोमपाल कामीले खेलको २।३ ओभरमा १२ रन हुँदा एलबीडब्लुको धरापमा पारेका हुन् । भालाले २ चौका प्रहार गरेका थिए । यस्तै करण केसीले नेपालका लागि दोस्रो विकेट लिए । उनले टोनीउरालाई व्यक्तिगत ११ रनमा पेवेलियनको बाटो देखाए । विकेटकिपर अनिल शाहबाट क्याच हुनुअघि उराले २३ बलमा एक चौका प्रहार गरेका थिए ।

एक दिवसीय मान्यता पाउनका लागि आजको खेल जित्नैपर्ने दबाबमा दुबै टोली रहेका छन् ।