काठमाडौँ– जिम्बावेमा जारी विश्वकप छनोटको प्लेअफ अन्तर्गत नेपालविरुद्ध पपुवा न्युगिनी(पीएनजी) सुरुमै दबाबमा देखिएको छ । १७ औ ओभरको पहिलो बलसम्ममा नै उसले महत्वपूर्ण पाँच विकेट गुमाएको छ । नेपालका लागि सन्दीप लामिछानेले व्यत्तिगत तीन विकेट लिइसकेका छन् । उनले महरु दाईलाई पाँचौ विकेटका रुपमा पेवेलियन फर्काएका हुन् । दाई ५ रनमा आउट भए ।


ADVERTISEMENT


यसअघि उनले सीसी बाउलाई ११ रनमा आउट गरेका उनले । आफ्ना सुरुवाती पाँच विकेट सस्तैमा गुमाएपछि पपुवा न्युगिनी दबाबमा आएको छ । उसले ताजा अवस्थामा १७ ओभरमा ७१ रन बनाएको छ ।


ADVERTISEMENT

# # #


यसअघि तेस्रो विकेटका रुपमा सन्दीप लामिछानेले नै चद सोपरलाई व्यक्तिगत १० रनमा आउट गरेका थिए । सोपर सन्दीपको बलमा एलबीडब्लुको धरापमा परे ।

यसअघि हरारेको हरारियन मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको पीएनजीले आफ्नो पहिलो विकेट गुमाएको थियो । नेपालका लागि सोमपाल कामीले पहिलो सफलता दिलाएका थिए।

उनले असाड भालालाई व्यक्तिगत १० रनमा आउट गरे। सोमपाल कामीले खेलको २.३ ओभरमा १२ रन हुँदा एलबीडब्लुको धरापमा पारेका हुन् । भालाले २ चौका प्रहार गरेका थिए । यस्तै करण केसीले नेपालका लागि दोस्रो विकेट लिए । उनले टोनीउरालाई व्यक्तिगत ११ रनमा पेवेलियनको बाटो देखाए । विकेटकिपर अनिल शाहबाट क्याच हुनुअघि उराले २३ बलमा एक चौका प्रहार गरेका थिए ।

एक दिवसीय मान्यता पाउनका लागि आजको खेल जित्नैपर्ने दबाबमा दुबै टोली रहेका छन् ।