काठमाडौँ– संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रपतिमा विद्यादेवी भण्डारी पुनःनिर्वाचित भएकोमा दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क)का महासचिव अमजद बी सियालले हार्दिक बधाई ज्ञापन गरेका छन् ।


ADVERTISEMENT


राष्ट्रपति भण्डारीलाई सार्कका आठ वटै सदस्य मुलुकका कूटनीतिक एवं सचिवालयका कर्मचारीका तर्फबाट आज एक पत्र पठाउँदै महासचिव सियालले बधाई ज्ञापन गरेका हुन् ।


ADVERTISEMENT

# # #


पत्रमा नेपालले तीन वटा सार्कका शिखर सम्मेलन आयोजना गरेको स्मरण गर्दै उनले सार्कको स्थापनाकालदेखि नै क्षेत्रीय सहयोग प्रवद्र्धनमा नेपालले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएका छन् ।

सार्क प्रक्रियालाई अझ सुदृढ तुल्याउन अध्यक्षका नाताले नेपालबाट निरन्तर सहयोग एवं मार्गनिर्देश हुने आशा महासचिवले पत्रमा व्यक्त गरेका छन् ।