काठमाडौँ — नेपाल प्रहरीको केन्द्रीय अनुशन्धान ब्यूरो, सीआईबीको टोलीले एनसीसी बैंकका संचालकसहित १३ जनालाई पक्राउ गरेको छ ।
एनसीसी बैंकका संचालक विष्णु रिजाल, डिठ्ठाबहादुर तामाङ, दुर्गादत्त जोशीसहित १३ जनालाई बैंकको १ अर्ब ५६ करोड रुपैयाँ आर्थिक घोटाला गरेको आरोपमा पक्राउ गरिएको बताइएको छ।


ADVERTISEMENT


पक्राउ गरिएका सबैलाई हाल सीआईबीको कार्यालय महाराजगंजमा राखिएको एसपी घनश्याम अर्यालले पुष्टी गरे।


ADVERTISEMENT

# # #


स्रोतका अनुसार नेपाल राष्ट्र बैंकले आर्थिक घोटाला भएको उजुरी दिएपछि उनीहरुलाई थप अनुशन्धानका लागि पक्राउ गरिएको हो। बैंकका संचालकहरुले कम मूल्यांकनको धीतोमा धेरै ऋण प्रवाह गरेको लगायतका आरोप राष्ट्र बैंकले लगाएको बताइएको छ।