काठमाडौँ– नेकपा (एमाले) ले स्थानीय तहको निर्वाचनका लागि यही वैशाख १० गतेभित्रमा जिल्लादेखि वडा तहसम्मको पार्टी कमिटीसँग समन्वय गरी निर्वाचन सहयोग समिति गठन गर्ने निर्णय गरेको छ ।


ADVERTISEMENT


एमाले पार्टी कार्यालय धूम्रबाराहीमा आज बसेको मोर्चा सङ्गठनको बैठकमा सबै जनसङ्गठनले स्थानीय निर्वाचनको घोषणापत्रका लागि आ–आफ्नो सङ्गठनका काम र विशेषताका आधारमा यही वैशाख ७ गतेभित्रमा सुझाव तथा अवधारणा पार्टीको घोषणापत्र मस्यौदा समितिसमक्ष प्रस्तुत गर्ने निर्णय गरेको पार्टीका प्रचार विभाग प्रमुख तथा सचिव योगेश भट्टराईले जानकारी दिए ।


ADVERTISEMENT

# # #


स्थानीय निर्वाचनमा एमालेका उम्मेदवारलाई विजयी बनाउन सबै जनसङ्गठनलाई निर्वाचनको तयारी तथा प्रचारप्रसारको काममा परिचालन गर्न निर्देशन दिएको समेत उनले बताए ।

यसैगरी बैठकले यही वैशाख २० गतेसम्ममा सबै जनसङ्गठनले निर्वाचनसम्बन्धी अपिल लगायतका प्रचार सामग्री तयार गरी सम्बन्धित ठाउँमा पुर्याइसक्ने निर्णय गरेको छ ।

पार्टी सचिव तथा मोर्चा प्रमुख गोकर्ण विष्टको अध्यक्षतामा आज बसेको बैठकमा आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनको तयारीका बारेमा छलफल गरी सो निर्णय गरेको हो ।