काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले र माओवादी केन्द्रबाट मन्त्री थप्दै सरकार विस्तार गरेका छन् । सरकारको नेतृत्वकर्ता दल एमालेबाट ६ मन्त्री बनेका छन् भने माओवादीका पाँच मन्त्री बनेका छन् ।


ADVERTISEMENT


एमाले सचिव प्रदीप ज्ञवाली परराष्ट्रमन्त्री बनेका छन् । यससँगै ओली सरकार २१ सदस्यीय बनेको छ । नवनियुक्त मन्त्रीहरुले शुक्रबार नै राष्ट्रपति विद्यादेवी भण्डारीसामू सपथ लिएका छन् ।


ADVERTISEMENT

# # #


यस्तै सपथ लिने अन्य मन्त्रीहरुमा एमालेको तर्फबाट गोकर्ण विष्ट(श्रम तथा रोजगार), रघुवीर महासेठ(भौतिक पुर्वाधार), रवीन्द्र अधिकारी(पर्यटन), जगत विश्वकर्मा(युवा तथा खेलकुद ), शेरबहादुर तामाङ(कानुन) रहेका छन् ।

यस्तै माओवादी केन्द्रका वर्षमान पुन(उर्जा तथा जलस्रोत), शक्ति बस्नेत(वन), बिना मगर(खानेपानी), गिरिराजमणि पोखरेल(शिक्षा ) र चक्रपाणी खनाल(कृषि तथा शहकारी) रहेका छन्।