काठमाडौँ–अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमा पहिलो पटक एक दिवसीय मान्यता पाएको नेपालले सातौं स्थानका लागि शनिबार(आज) नेदरल्यान्ड्सको सामना गर्दैछ ।


ADVERTISEMENT


जिम्बाब्वेमा जारी आइसिसी विश्वकप छनोट प्रतियोगिताअन्तर्गत सातौं स्थानको लागि हुने प्लेअफ खेलमा नेपाल र नेदरल्यान्ड्स भिड्दैछन् । बिहीबार भएको प्लेअफ खेलमा नेपालले पपुवान्यूगिनीलाई ६ विकेटले पराजित गर्नुका साथै नेदरल्यान्ड्सले हङकङलाई ४४ रनले पराजित गरेपछि नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता पाउने पक्का भएको थियो ।


ADVERTISEMENT

# # #


एक दिवसीय खेलमा नेपाल र नेदरल्यान्डस् अहिलेसम्म चार पटक आमने सामने भएका छन् । जसमा दुवै टोलीले समान दुई दुई खेल जितेका छन् । शनिबार नै नवौँ स्थानका लागि हङकङ र पपुवान्यूगिनी पनि भिड्दैछन् ।