नयाँदिल्ली– मित्र राष्ट्र भारतको राजकीय भ्रमणका क्रममा नयाँदिल्लीमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीले आज जगतपुर सडकस्थित यमुना उद्यानमा वृक्षरोपण गरेकी छन् ।


ADVERTISEMENT


कुल ४५७ एकड जमिनमा फैलिएको सो यमुना बायोडायभर्सिटी पार्कमा राष्ट्रपति भण्डारले मौवाको बिरुवा रोपेकी हुन् । राष्ट्रपति भण्डारीका साथ भ्रमण दलका सदस्य, भारतका महिला तथा बालबालिका मामिला राज्यमन्त्री कृष्णा राज सहभागी भएका थिए।


ADVERTISEMENT

# # #


यसअघि आज बिहान राष्ट्रपति भण्डारीले यहाँस्थित महात्मा गान्धीको समाधिस्थल, राजघाटमा पुगी श्रद्धाञ्जलि व्यक्त गरेकी थिइन्।