काठमाडौं – राष्ट्रिय सभा उपाध्यक्षमा वाम गठबन्धनकी संयुक्त उम्मेदवार शशिकला दाहाल निर्वाचित भएकी छन् । संघीय संसद भवन नयाँवानेश्वरमा भएको चुनावमा दाहाल ४५ मतका साथ विजयी भएकी हुन् ।


ADVERTISEMENT


उनी माओवादी तर्फबाट प्रदेश २ प्रतिनिधित्व गर्दै राष्ट्रिय सभामा निर्वाचित भएकी हुन् । दाहालले प्रतिद्वन्दी नेपाली कांग्रेसकी बृन्दादेवी आले रानाले ११ मत मात्रै पाइन् । राष्ट्रिय सभाका ५९ सदस्यमध्ये ५६ सदस्यले मत विभाजन प्रक्रियामा उपस्थित भएका थिए ।


ADVERTISEMENT

# # #


संघीय संसदको सभामुख वा उपसभामुखमध्ये एकजना महिला हुनुपर्ने संबैधानिक व्यवस्था रहेको छ ।