काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान रोहित पौडेल वैवाहिक जीवनमा बाँधिएका छन् ।

उनले बिहीबार सामाजिक सञ्जालमार्फत सिमरन खड्कासँग विवाह गरेको जानकारी दिएका हुन् । थाइल्यान्डको रायोङस्थित रायोङ मेरियट होटलमा परिवारका सदस्य तथा निकट साथीभाइको उपस्थितिमा उनीहरूको विवाह सम्पन्न भएको हो ।


ADVERTISEMENT

# #


पौडेलले सामाजिक सञ्जालमा तस्बिर सार्वजनिक गर्दै जीवनको सहयात्री पाएको खुसी व्यक्त गरेका छन् । हालै सम्पन्न नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ मा आफ्नै कप्तानीमा लुम्बिनी लायन्सलाई फाइनलसम्म पुर्‍याएका रोहितले अब मैदानबाहिर जीवनको नयाँ इनिङ सुरु गरेका छन् ।