कपिलवस्तु–कपिलबस्तुका दुई सय ८ जना बिद्यार्थीले एसइई परीक्षा दिन नपाउने भएका छन् ।


ADVERTISEMENT


शिक्षा नियमावली अनुसार परीक्षा शुल्क नतिरेको, बिद्यलायमा नियमित नभएको र प्रयोगात्मक परीक्षामा समेत सामेल नभएकाले ती विद्यार्थीहरुले परीक्षा दिन नपाउने भएको जिल्ला शिक्षा कार्यालय कपिलवस्तुले जनाएको छ ।


ADVERTISEMENT

# # #


शिक्षा नियमाली अनुसार विद्यालयमा अनुपस्थित र परीक्षाको शुल्क नतिर्दा उनीहरु एसएलसी समेत भनिने परीक्षा दिन नपाउने भएको शिक्षा कार्यालयका बिद्यालय निरीक्षक अर्जुन कुवरले जानकारी दिए । सबै भन्दा बढी नेपाल अदर्श माबि शिवपुरबाट १६ जना विद्यार्थी यो परीक्षा दिनबाट बञ्चित भएका छन् । यस्तै पकडीस्थित छत्रपाली तिर्थादेबी माबिबाट १४, ठुलो नन्दनगर बरगदाबाट ९ जना विद्यार्थीले परीक्षा दिन नपाउने भएका छन् ।

यी बाहेक कपिलवस्तुबाट यसबर्ष एसइईमा कुल ६ हजार नौ सय परीक्षार्थीले परीक्षा दिने जिल्ला शिक्षा कार्यलयले जनाएको छ ।