काठमाडौँ– जिम्बावेमा भएको विश्वकप छनोटमा सहभागी भएर स्वदेश फर्किएको नेपाली क्रिकेट खेलाडीलाई विमानस्थलमा भव्य स्वागत भएको छ । नामिवियामा भएको डिभिजन टु मा उप विजेता हुँदै छनोटमा पुग्न सफल भएको नेपालले आफ्नो इतिहासकै सबैभन्दा ठूलो सफलता हात पारेको थियो ।


ADVERTISEMENT


दुई दशक देखिको एकदिवसीय मान्यता पाउने सपनालाई साकार पारेका खेलाडीलाई क्रिकेट प्रशंसक, राष्ट्रय खेलकुद परिषद्का सदस्य सचिव केशव कुमार बिष्ट र खेलकुदमन्त्री जगत विश्वकर्माले स्वागत गरेका थिए ।


ADVERTISEMENT

# # #


स्वागतपछि बोल्दै कप्तान पारस खड्काले धेरै वर्षदेखिको सपना पूरा भए र राम्रो जग खडा गरेर नेपाली क्रिकेटलाई अझै धेरै माथि लिनुपर्ने बताए । उनले नेपाली क्रिकेटलाई माथि पुर्याउनमा खेलाडीले जिम्मेवारी पूरा गरिरहेकाले सरकार तथा सम्बन्धित निकायले पनि जिम्मेवारी बहन गर्नुपर्ने बताए ।

यस्तै कप्तान खड्काले घरेलु संरचनाको निर्माण गर्दै १०–१२ वर्षमा टेष्ट राष्ट्र बन्ने लक्ष्य राख्नुपर्ने बताए ।