काठमाडौं–सबै राष्ट्रसेवकलाई प्रदेश र स्थानीय तहमा खटाइएको छैन । खटाइएका सबै कार्यक्षेत्र पुगेका छैनन् । अटेरी र अवज्ञा गर्नेलाई अब तुरुन्त आफ्नो रमाना लिएर कार्यक्षेत्रमा पुग्न प्रशासनिक रूपमा र सरकारको तर्फबाट पनि निर्देशन भइसकेको छ ।


ADVERTISEMENT


पठाइएकाहरू कसैको पनि सरुवा बदर हुनेछैन । अन्यत्र हाजिर गरेर बसेको अवस्थामा उहाँहरूलाई हाजिर गराउने कार्यालय प्रमुखलाई हाजिर नगराउन तथा खटाइएको ठाउँमा पठाउन निर्देशन दिइएको छ । अझै नमाने हाजिर गराउने र तोकिएको ठाउँमा नजानेलाई दण्डित गर्छु ।


ADVERTISEMENT

# # #


शारीरिक र मानसिक रूपमा अशक्त भएको भनेर डाक्टरले प्रमाणित गरेका राष्ट्रसेवकलाई थप केही सुविधा दिएर बिदा गर्न सक्छु, तर अरूलाई काममै लगाउँछु । काममा नजाने नै हो भने नियमित प्रक्रियाअनुसार अवकाश वा राजीनामा दिन सक्नुहुन्छ । तर, काम गर्नुपर्ने वेलामा एकमुष्ट रकम दिएर बिदा गर्ने पक्षमा सरकार छैन ।