दमक ।  प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा अप्रत्याशित पराजय व्यहोरेपछि तीनवटै पार्टीका दोस्रो तहका नेताहरूले पार्टी एकीकरणको पहल गरी संरक्षकत्वको भूमिका लिइदिन पूर्वराजालाई आग्रह गर्दै आएका छन् । पूर्वराजावादीहरूको अस्तित्व कायम राख्न पूर्वराजाकै संरक्षकत्व आवश्यक रहेको तर्क उनीहरूको छ । यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ।


ADVERTISEMENT


चिया बगानको भेटमा उपस्थित नेताहरूले आ–आफ्ना पार्टीका शीर्ष नेतृत्व व्यक्तिगत स्वार्थमा लाग्दा पार्टी कमजोर बनेको बताएका थिए । ठूला नेताबीच जुँगाको लडाइँ चलेका कारण पार्टी फुटेको र चुनावमा पराजय व्यहोर्नुपरेको जानकारी उनीहरुले पूर्वराजालाई गराए । तीनवटै पार्टीको नेतृत्वमा रहेकाहरूलाई हटाएर दोस्रो तहका नेताहरूले पार्टीको नेतृत्व सम्हाल्नुपर्ने र त्यसको संरक्षकत्व पूर्वराजाले नै गर्नुपर्ने उनीहरूको आग्रह थियो । ‘अहिलेको नेतृत्वमा रहेका तीनै नेताबाट एकीकृत र सशक्त पार्टीको परिकल्पना गर्न सकिन्नँ, पार्टी एकीकरण गरी दोस्रो तहका नेतामध्ये कसैले नेतृत्व सम्हाल्नुपर्छ भन्ने तर्क हामीले उहाँसामु एकस्वरमा राख्दै त्यसको संरक्षकत्व प्रदान गरिदिन आग्रह गर्‍यौँ,’ बैठकमा सहभागी एक नेताले भने, ‘उहाँले देखिएर होइन, अदृश्य रूपमा संरक्षकत्व प्रदान गर्न आफू तयार रहेको बताउनुभयो ।’


ADVERTISEMENT

# # #


तर, छलफलमा सहभागी राप्रपा राष्ट्रवादीका नेता श्रेष्ठलाई पूर्वराजाले राजनीतिमा आउने चाहना छलफलमा व्यक्त गर्नुभएको हो भनी सोध्दा उनले भने, ‘देश पार्टीले चलाउने हो, देश राम्रो होस् भन्ने चाहना मात्र उहाँको हो । राप्रपा एक भएर जाँदा उपयुक्त हुन्छ भन्नुभयो । उहाँ राजनीतिमा आउने भन्ने विषयमा कुरा भएन ।’

पूर्वराजा शाह अझै केही दिन झापामै रहनेछन् । ११ चैतमा विराटनगरमा आयोजना हुने कार्यक्रममा सहभागी हुने उनीनिकट स्रोतले बतायो । त्यसबाहेक उनले झापामा रहँदा प्रदेश १ का राप्रपाका नेताहरूसँग पनि राजनीतिक भेटवार्ता गरिरहेका छन् ।

शाहको राजनीतिक भेट यो पहिलो भने होइन । उनले यसअघि माघमा करिब १५ दिनजति नेपालगन्जमा रहँदा त्यहाँका पुराना राजावादी नेताहरूसँग पनि छलफल गरेका थिए । त्यतिखेर राप्रपा अध्यक्ष कमल थापालाई काठमाडौंबाट बोलाएर नेपालगन्जमै छलफल गरेका थिए । नेपालगन्जबाट सीधै भारत भ्रमणमा निस्किएका उनले उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ योगीसँग पनि भेट गरेका थिए । उनीनिकट स्रोतले आदित्यनाथसँगको भेटमा ‘अब आफूले राजनीतिमा सहभागिता जनाउने या अदृश्य रहेर कुनै पार्टीलाई सहयोग गर्ने भन्ने विषयमा सुझाब मागेको’ दाबी गर्छन् । तर, शाहले आफैँ पार्टीको नेतृत्व गर्ने या अदृश्य भूमिकामा रहेर राजनीतिक सक्रियता बढाउने भन्ने निश्चित गरिसकेका छैनन् ।

भेटमा सहभागी प्रह्लाद शाह भन्छन्–

हामी र सरकारबीच झापाको हिमालय चिया बगानमा आइतबार अपराह्न ४ बजेदेखि साँझ ७ बजेसम्म छलफल भयो । छलफलमा मुलुकको समसामयिक राजनीतिक विषयमा छलफल भयो । उहाँले छलफलमा ‘राप्रपामा देखिएको गुट र फुटले परिणाम राम्रो आएन ।

त्यो कसैको हितमा छैन । म पार्टीको संरक्षक पनि होइन, राजनीति गर्ने व्यक्ति पनि होइन । तर, शुभचिन्तकका हैसियतले जनतामा राम्रो म्यासेज गएन,’ भन्नुभयो । वर्तमान राजनीतिक परिस्थितिले मुलुकको अवस्था चिन्ताजनक स्थितिमा पुगेको उहाँको भनाइ थियो ।

राप्रपा मिलेर निर्वाचनमा होमिएको भए परिणाम अर्कै हुन्थ्यो भन्नुभयो । आमनागरिकका रूपमा मुलुकको अवस्थाबारे चिन्ता व्यक्त गरेको भाव बुझ्न सकिन्थ्यो ।