काठमाडौं– अनेरास्ववियु सीटीइभीटी राष्ट्रिय कमिटीले प्रथम विस्तारित बैठक सम्मान तथा दुईदिने प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।


ADVERTISEMENT


सिद्धार्थ फुडल्यान्ड, पुरानो बानेश्वरमा आयोजित उक्त कार्यक्रम अनेरास्ववियु सीटीइभीटीका अध्यक्ष रमेश सिहँ ठकुरीको अध्यक्ष्यतामा सम्पन्न भएको हो ।


ADVERTISEMENT

# # #


कार्यक्रममा प्रमुख अथितीको रुपमा संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री तथा नेकपा एमाले केन्द्रिय सदस्य  रवीन्द्र अधिकारी रहेका थिए ।

उक्त कार्यक्रममा वक्ताहरुको रुपमा पार्टी केन्द्रिय सदस्य तथा प्रतिनिधीसभा सदस्य सुजिता शाक्य , अनेरास्ववियु अध्यक्ष तथा प्रतिनिधीसभा सदस्य नविना लामा , पार्टी वैकिल्पक केन्द्रिय  सदस्य तथा प्रदेश नं ३ प्रदेशसभा सदस्य रचना खड्का, उपाध्यक्ष महेश बर्तौला सहभागी भएका थिए । यस्तै अनेरास्ववियु केन्द्रिय महासचिव ऐन महर  तथा काठमाडौं राष्ट्रिय कमिटी र सम्पूर्ण क्याम्पसका पदाधिकारीहरु उक्त कार्यक्रम थिए ।

कार्यक्रम अनेरास्ववियु इतिहासमा १० बर्षपछिको ऐतिहासिक कार्यक्रम हो ।