डोल्पा– हिमाली जिल्ला डोल्पामा यस बर्षको माध्यामिक शिक्षा परिक्षाको सम्पुर्ण तयारी पुरा भएको छ । जिल्ला शिक्षा कार्यालयका अनुसार यसबर्षको माध्यामिक शिक्षा परिक्षामा डोल्पाबाट ६ सय ६५ जना बिद्यार्थीहरु सहभागी हुनेछन् ।


ADVERTISEMENT


जसअन्तर्गत छात्रा ३ सय १५ जना र छात्र ३ सय ५० रहेको जिल्ला शिक्षा अधिकारी डोलराज काफ्लेले जानकारी दिए । यसैगरी एक्ज्याम्टेडतर्फ ५३ जनामध्ये छात्रा ३५ र छात्र १८ जना छन् ।


ADVERTISEMENT

# # #


जिल्लामा एस।इ।ई परीक्षाका लागि चारवटा परिक्षा केन्द्र कायम गरिएको छ । अघिल्लो बर्ष जनप्रभा उमावि लिकु, आदर्श उमावि जुफाल,सरस्वती उमावि दुनैमा परीक्षा केन्द्र कायम गरिँदै आएको थियो ।

भौगोलिक बिकटता र दुई दिनसम्म हिँडेर तल्लो डोल्पाबाट मध्ये डोल्पामा परीक्षा केन्द्रमा जानुपर्ने बाध्यतालाई मध्येनजर राख्दै यस बर्ष जगदुल्ला गाँउपालिका अन्तर्गत काईगाँउमा रहेको त्रिपुरा उमाविमा समेत एसइई परीक्षा केन्द्र थप गरेपछि डोल्पामा चारवटा केन्द्र कायम गरिएको हो ।

परीक्षाका लागि केन्द्राध्यक्ष, निरीक्षक, सहायक निरीक्षक, सहयोगी र सुरक्षाकर्मी गरेर जम्मा १ सय १८ जना जनशक्ति परिचालन गरिने जिल्ला शिक्षा अधिकारी डोलराज काफ्लले बताए ।