दाङ–कुखुरा बोक्ने भ्यानको ठक्करबाट दाङको बिजौरीमा एक किशोरीको मृत्यु भएको छ । घोराहीबाट तुलसीपुर जाँदै गरेको लु१च४६३६ नम्बरको कुखुरे भ्यानले ठक्कर दिँदा तुलसीपुर उपमहानगरपालिका १९ बिजौरी निवासी १६ बर्षकी पुजा नेपालीको मृत्यु भएको हो ।


ADVERTISEMENT


इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाका अनुसार किशोरीलाई ठक्कर दिए लगत्तै राप्ती अञ्चल अस्पताल लगिएपनि उनलाई चिकित्सकहरु मृत घोषणा गरेका थिए ।


ADVERTISEMENT

# # #


ठक्कर दिने गाडिसहित चालक प्रहरीको नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।