काठमाडौँ– बैंक पनि, साथीपनि भन्ने मुलनाराका साथ सर्वसाधारणमा केन्द्रित बैंकिङ सेवा प्रदान गर्दै आइरहेको एनआईसी एशिया बैंकले प्रिमियम समुन्नति बचत खाता संञ्चालनमा ल्याएको छ ।


ADVERTISEMENT


मुलुक भरिका कुनैपनि बैंकको कुनै पनि एटिएमबाट जति पटक पैसा निकाले पनि कुनै शुल्क नलाग्ने सुविधा यस खातामा राखिएको छ ।


ADVERTISEMENT

# # #


त्यसै गरी सो खातामा निशुल्क भिसा डेविट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ सेवा-डिम्याट खाताको साथै वार्षिक लकर शुल्कमा ५०% छुट प्रदान गरिनेछ ।

साथै मासिक औसत १० लाखभन्दा बढी बचत रहेका ग्राहकलाई घरमै पुगेर होम बैंकिङ सर्भिस प्रदान गरिने बैंकले जनाएको छ।

त्यस्तै सो खाता खोलि मोबाइल बैंकि¨ सेवा लिए पछि एटिसी वा एनसेलमा १ सय बराबरको रिचार्ज कार्ड निशुल्क प्रदान गरिने छ । १००० न्यूनतम मौन्दातमा खोल्न सकिने सो खातामा बार्षिक ८% का दरले मासिक ब्याज प्रदान गरिने बैंकले जनाएको छ।

ग्राहकहरुलाई ५ लाखसम्मको दुर्घटना बीमा सुविधा समेत निशुल्क प्रदान गरिने सुचना अधिकारी सुधिरनाथ पाण्डेले जानकारी दिए। यस खातामा निशुल्क गुड फर पेमेन्ट चेक जारी गर्न सकिने सुविधा छ।

नेपालमा हाल सम्ममा विभिन्न बैंक तथा वित्तीय संस्थाहरुले संञ्चालनमा ल्याएका विभिन्न बचत खाताहरुमा रहेको बिशेषताहरुको तुलनामा अत्यन्त आकर्षक एवं अतुलनिय सुविधाहरु समेटी ल्याइएकोे पाण्डेले बताए।

एनआइसीको मुलुकभर गरी १८४ शाखा छ । १८७ एटिएम सहित मुलुककै सबैभन्दा बढि एटिएम सञ्जाल भएको बैंक समेत बन्न सफल भएको छ ।

समग्रमा यस बैंक ४ वटा एक्स्टेन्सन काउन्टर, ३ वटा ब्रान्चलेस बैंकिङ्ग युनिट र कुल ५,००० भन्दा बढि रेमिट्यान्स पेमेन्ट एजेन्ट (प्रत्यक्षएवं अप्रत्यक्ष समेत गरी) सहित ५,३७८ भन्दा बढि भौतिक सञ्जालमार्फत बैकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो बैंक हुन सफल भइसकेको छ ।

साथै, बैंकको सेवाग्राहीहरुको संख्या १० लाखभन्दा बढि पुगी यस बैंक हालग्राहक संख्याको हिसाबले समेत मुलुककै अग्रणी वाणिज्य बैंक बन्न सफल भइसकेको छ ।

बैंकको वासलातको आकार १४८ अर्ब भन्दा वढि पुगेको छ भने बैंकको कुलकर्जा करिब १०४ अर्ब र कुलनिक्षेप करिब १२४ अर्ब पुगिसकेको छ ।

यो सँगै वासलात, कुलकर्जा तथाकुलनिक्षेपको आकारको हिसाबले निजीलगानीमा स्थापित बैंकहरु मध्ये अग्रणी स्थानमा रहन यस बैंक सफल भैसकेको छ । साथै, संस्थागत सुशासन, जोखिमब्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालनागर्दै आइरहेको छ ।