काठमाडौं–उर्जामन्त्री बर्षमान पुनले एसइई हिजो परीक्षाभर कहि पनि लोडसेडिङ नहुँने व्यवस्था मिलाउन विद्युत प्राधिकरणका प्रमुखलाई निर्देशन दिए ।


ADVERTISEMENT


तर, हिजो साँझ भने अचानक केही ठाँउमा लोडसेडिङको समस्या देखियो । अचानक लोडसेडिङ समस्या देखिएपछि उर्जा मन्त्री पुनले प्राधिकरणका कार्यकारी निर्देशन कुलमान घिसिङसँग जानकारी मागेका थिए ।


ADVERTISEMENT

# # #


मन्त्रीको सचिवालयका अनुसार कुलमानले खिम्तीको लोड सेन्टरमा समस्या आएपछि आधा घण्टा र ढल्केवरमा हावाहुरीले गर्दा लाइन सट भएपछि एक घण्टा समस्या भएको जानकारी दिएका थिए ।

समस्या समाधानको लागी राति अवेरसम्म घिसिङ आफै पनि खटेका थिए ।

उर्जामन्त्रीज्युको निर्देशनबमोजिम आज उहाले भ्याली भित्रका सबै प्रमुखहरुलाई बोलाएर थप समस्या आउन नदिन् छलफल गर्ने तयारी गरेका छन् ।