काठमाडौं–राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्ष मण्डलको बैठक बस्न नसकेका कारण संसदीय दलको नेता चयन गर्न ढिला भएको छ ।


ADVERTISEMENT


प्रतिनिधि सभामा रहेका पाँच दलमध्ये चारवटा दलले संसदीय दलको नेता चयन गरे पनि राजपा नेपालले अझै चयन गर्न सकेको छैन । संसदीय दलको नेताका लागि राजपा नेपालका संयोजक महन्थ ठाकुर, अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो र महेन्द्र राय यादव आकाङ्क्षी रहेको पार्टी स्रोतले जनाएको छ । राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य शरतसिंह भण्डारीले चाहिँ संसदीय दलको नेता को बन्ने भन्नेबारे कुनै छलफल नभएको बताएका छन् ।


ADVERTISEMENT

# # #


दलको बैठक नबसेका कारण संसदीय दलको नेता टुङ्गो लाग्न नसकेको बताउँदै उनले अहिलेसम्म को–को आकाङ्क्षी छन् केही खुलेको छैन भने । अध्यक्ष मण्डलका सदस्य काठमाडौँ बाहिर भएका कारण बैठक बस्न नसकेको बताउँदै उनले बैठक बस्ने बित्तिकै त्यसको टुङ्गो लाग्ने बताएका छन् ।

अध्यक्ष मण्डलका अर्का सदस्य अनिलकुमार झाले संसदीय दलको नेता अहिलेसम्म किन चयन भएन त्यो कुरा आफूलाई थाहा नभएको बताएका छन् ।

पार्टीका प्रवक्ता एवम् महासचिव केशव झाले छवटा दल मिलेर राजपा नेपाल बनेका कारण आकाङ्क्षी धेरै हुनु स्वाभाविक हो तर त्यसको निर्णय बैठकले मात्र गर्नसक्ने बताएका छन् ।