काठमाडौं–सर्वोच्च अदालतले विदेशमा रहेका कामदारले पनि निर्वाचनमा मतदान गर्न पाउने गरि व्यवस्था मिलाउन सरकारलाई आदेश गरेको छ ।


ADVERTISEMENT


विदेशमा रहेका नेपाली नागरिकले भोट खसाल्न पाउने अधिकार रहेको भन्दै सर्वोच्चले यस्तो व्यवस्था मिलाउन सरकारलाई सर्वोच्चले आदेश गरेको हो ।


ADVERTISEMENT

# # #


न्यायाधीश सपना मल्ल प्रधान र पुरुषोत्वम भण्डारीको इजलासले भनेको छ, ‘वैदेशिक रोजगारका क्रममा विदेशमा रहेका नेपाली कामदारहरुको मतदानको हक सुनिश्चित गर्न र सो को लागि मुलुक बाहिर बाट समेत मतदान गर्न सक्ने गरी व्यवस्था गर्नु ।’

सामाजिक न्यायको लागि कानुन तथा नीति नियम मञ्चले ७३ साल बैशाखमा विदेशमा रहेका नेपाली नागरिकले पनि मतदान गर्न पाउनुपर्ने माग गर्दै रिट दिएका थिए ।

‘नेपाली नागरिकको मतदान गर्न पाउने अधिकार अन्तर्गत मतदान गर्न पाउने अवसरको अधिकार समेत अन्तरनिहित रहेको हुने र मुलुक बाहिर भए पनि नागरिकले मतदानको अधिकारको सुनिश्चितता गर्नुपर्छ,’ रिटमा जिकिर थियो ।

इजलासले रिट निवेदकले मागे अनुसारको निर्देशनात्मक आदेश जारी गरेको छ ।