काठमाडौं । यतिबेला हजारौँ युवाहरु कोरिया जान पाउने आशामा घाम, पानी, भोक, तिर्खा र निन्द्रा नभनी लामबद्ध छन् । समृद्धि र विकासको आश्वासन बाँडेर देशमा बामपन्थि सरकार बनिरहँदा देखिएको यो दृष्यमा नेपाल बिधार्थी संघ ( नेविसंघ ) अध्यक्ष नैनसिँह महरले भावुक अभिब्यक्ति सार्वजनिक गरेका छन् ।


ADVERTISEMENT


”नेपालआमाका सन्तति दिनानुदिन विदेश पलायन हुनु राम्रो संकेत कदापि होइन” सामाजिक सञ्जाल मार्फत विचार सार्वजनिक गर्दै महरले भनेका छन् ”पढेलेखेका युवाहरुलाई कोरियाको लाममा लागेको कुराले मन वास्तवमै क्षतविक्षत हुन्छ ।”


ADVERTISEMENT

# # #


उनले थप भनेका छन् ”सरकारले अब उत्पादनमुखी र आत्मनिर्भरताका कार्यक्रम जनतासामु प्रस्तुत गर्नुपर्छ। रोजगारी र स्वरोजगार मुखी पाठ्यक्रम नहुनु हाम्रो बिडम्बनामात्रै होइन कमजोरीपनि हो।हामीले अब ढिला नगरी सशक्त ढंगले यी मुद्दाहरूको उठान गरेर समस्या समाधानको दिसामा अग्रसर हुनुपर्छ ।”

आम बिधार्थीहरुको नेतृत्व गर्दै आएका महरको अपिल छ ”समाज र देश नितान्त तपाई हाम्रो हो र रुपान्तरण गर्ने अभिभारापनि हाम्रै हो । रुपान्तरणको अभियानमा सबैलाई चुले निम्तो। जय नेपाल ।”