नयाँ दिल्ली(रासस)–भारतीय पूर्वीराज्य बिहारमा अवस्थित पटाका बनाउने एक कारखानमा भएको विस्फोटमा परी कम्तीमा पाँच व्यक्तिको मृत्यु भएको छ ।


ADVERTISEMENT


यस विस्फोटमा परी कम्तीमा पाँच व्यक्तिको मृत्यु हुनुकासाथै अन्य १५ जना घाइते भएका अधिकारीले शुक्रबार जानकारी दिएका छन् ।


ADVERTISEMENT

# # #


बिहारको राजधानी पटनाबाट करिब ७९ किलोमिटर दक्षिणमा रहेको नलान्दा जिल्लाको बिहार सारिफमा रहको सो कारखानाभित्र बिहीबार राति विस्फोटन भएको प्रहरीस्रोतले जानकारी दिएको छ ।

उक्त विस्फोटमा परी घाइते भएकालाई नजिकैको स्वास्थ्य उपचार केन्द्रमा लगिएको छ । घाइतेमध्ये सात व्यक्तिको अवस्था भने चिन्ताजनक रहेको उपचार केन्द्रले जानकारी दिएको छ ।

स्थानीय समाचारदाताका अनुसार सो कारखाना गैरकानूनीरुपमा सञ्चालन हुँदै आएको छ । जिल्ला प्रशासनले सो घटनाको अनुसन्धान जारी रहेको बताएको छ ।