काठमाडौं–कोरिया जान चाहाने युवाले ईपीएसको फाराम बुझाउने क्रममा देखिएको अस्तव्यस्तताप्रति नेपाली कांग्रेसका युवा नेता रामहरि खतिवडाले श्रममन्त्रीको ध्यानाकर्षण गराएका छन् ।


ADVERTISEMENT


शुक्रवार श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्टलाई भेटेर कांग्रेस नेता खतिवडाले फारम बुझाउन युवाले पाएको सास्तीप्रति सरकारको ध्यानाकर्षण गराएका हुन् ।


ADVERTISEMENT

# # #


‘२१ औ शताव्दीको युगमा फाराम बुझाउन युवाहरु रातभर लाइन बस्नु परेको घटनाले देशको इज्जत बढ्दैन’ खतिवडाले मन्त्री विष्टलाई भने, ‘वैदेशिक रोजगारीमा जाने युवाहरुले गर्नु पर्ने प्रशासनिक कामलाई प्रविधि मैत्री बनाउनुस् ।’ एउटा मात्र बैंकलाई रकम बुझाउने जिम्मा दिएका कारण यस्तो समस्या सृजना भएको उनले बताए ।

खतिवडाको कुरा सुनेपछि मन्त्री विष्टले तत्काल कार्यान्वयनमा लैजाने प्रतिबद्धता जनाएका छन् । ‘विगतमा संसदमा पनि मैले यस्ता सार्वजनिक सरोकारको बिषय उठाएको थिए, अहिले संसद नभएपनि सरकारको ध्यानाकर्षण गराउन सिंहदरवार गएको हुँ’ खतिवडाले स्रोतसँग भने ।