भैरहवा– रुपन्देही ट्राफिक प्रहरीले ५ वटा ट्रक नियन्त्रणमा लिएको छ । चैत्र १ गते देखि २० बर्ष पुराना गाडी चल्न नदिने सरकारको निर्णय अनुसार ट्राफिक प्रहरीले उक्त ट्रकहरु नियन्त्रणमा लिएको जनाएको छ ।


ADVERTISEMENT


जिल्ला ट्राफिक प्रहरी रुपन्देहीले दिएको जानकारी अनुसार लु१ख २२५८, लु१ख १३७, लु१ख २१९५, लु१ख १८९५ र ना१ख ८७८३ नम्बरको ट्रक नियन्त्रणमा लिएको छ । पूराना मोडलका यस्ता साधनहरुले दुर्घटना बढाउनुको साथै प्रदुषण समेत गर्ने गरेको कारण चैत्र १ गते देखी यस्ता साधन सञ्चालनमा रोक लगाईएको छ ।


ADVERTISEMENT

# # #


नियन्त्रणमा लिईएका ट्रकलाई थप कारवाहीको लागी यातायात ब्यावस्था कार्यालय पठाउने तयारी भई रहेको जिल्ला ट्राफिक कार्यालयका प्रमुख दक्ष कुमार बस्नेतले बताए ।

यसैबीच प्रहरीले अत्याधिक आवाज निकाल्ने २ सय मोटरसाईकललाई पनि कारबाही गरेको छ ।