बुटवल–फागुन अन्तिम साता कपिलवस्तुको विजयनगरका छोटकी यादवको घरमा आगो लाग्यो ।


ADVERTISEMENT


आगो निभाउन गाउँमा हारगुहार गरे । स्थनीय र प्रहरीले आगो निभान त सके तर उनका तीन बर्षीया छोरी राजकुमारी यादव आगोमै जलिन् ।


ADVERTISEMENT

# # #


आगो निभिसकेपछि मात्रै दमकल घटनास्थल आयो । आगलागीका यस्ता छटना धेरै भएका छन् । आगलागीका घटनामा दमकलको पहुँच नभएकै कारण केरै क्षति पुगेको छ ।

तिलोत्तमा, देवदह र सैनामैना नगरपालिकामा दमकल किन्ने चर्चा मात्रै भयो । मेयर र उममेयरले चढ्ने गाडी तत्कालै आए तर दमकल अझै आएका छैनन् ।

तिलोत्तमा नगरपालिकाले सिद्धार्थनगर र बुटवलसँग संयुक्त रुपमा दमकल सञ्चालन गर्ने भन्दै अहिलेसम्म खरि गरेका छैनन् ।

फागुन महिनामा मात्रै रुपन्देहीका १६ आगलागीमा साढे दुई करोडको धनमाल क्षति भएको छ ।–आजको अन्नपूर्ण पोस्टबाट