काठमाडौं–हिंसात्मक आक्रमण भइरहेको सिरियाको पूर्वीक्षेत्र घौटामा युद्धविराम घोषणा गरिएको छ । सिरियाली विद्रोही समूहका प्रवक्ताले युद्धविराम गरेको पुष्टि गरेका छन् । युद्धविरामको पालनाका बारेमा पनि विभिन्न टीकाटिप्पणी आएका छन् । युद्धविरामपछि लडाकु र उनका परिवारजनलाई पनि त्यहाँबाट अन्यत्रै लगिएको छ । यस विषयमा पहिले नै सम्झौता भएको एक अधिकारवादीले जनाएका छन् ।


ADVERTISEMENT


रूस र सिरियाली सरकारी मध्यस्थकर्ताले गरेको सम्झौताअनुसार शुक्रबारदेखि युद्धविराम गर्ने र त्यहाँबाट लडाकु र उनका परिवारलाई बाहिर सुरक्षित स्थानतर्फ जान दिने बताइएको थियो ।


ADVERTISEMENT

# # #


ती लडाकु तथा त्यस क्षेत्रका स्थानीय बासिन्दा र बाहिर जान चाहेका सर्वसाधारणलाई पनि हाल सिरियाली सरकारको नियन्त्रणमा रहेको इदलिब प्रान्तमा लगिएको छ । पूर्वी घौटामा पछिल्लो दुई महिनायता भएको यस्तो आक्रमणमा एक हजारभन्दा बढीको ज्यान गएको छ । साथै यसरी मारिनेमा बालबालिका समेत दुई सय पचासभन्दा बढी छन् ।

ठूलो संख्यामा बालबालिकासहित सर्वसाधारणको ज्यान गएपछि त्यहाँ युद्धविरामका लागि दबाब आएको थियो। राष्ट्रसंघको शरणार्थीम्बन्धी सहायता निकायले यी पछिल्ला हवाई आक्रमण र काबारहीका कारण चार लाखजना भन्दाबढी सिरियाली विस्थापित भएका जनाएको छ । पूर्वी घौटा क्षेत्रमा पुनःनियन्त्रण कायम गर्न सिरियाली सुरक्षाबलले सशक्त आक्रमण गरेको थियो ।

सिरियामा विगत आठ वर्षदेखि राष्ट्रपति बसर अल असदको राजीनामा माग गर्दै आन्दोलन शुरु भएको थियो । त्यहाँ जारी गृहयुद्धमा समूह अल कायदा र इस्लामिक स्टेटको प्रभाव बढ्दै गएको छ । यो युद्धले हालसम्म तीन लाख ४० हजारभन्दा बढी व्यक्ति मारिएका छन् । त्यसैगरी लाखौँ घाइते भएका छन् भने लाखौँ नागरिक घरबारविहीन भई स्वदेश र विदेशमा शरणार्थी जीवन बिताउन बाध्य छन् ।

सिरियाली विपक्षी दलको प्रभाव रहेको पूर्वी घौटा क्षेत्रबाट एक लाखभन्दा बढी सर्वसाधारण द्वन्द्वको भुमरीबाट बच्नकै लागि विस्थापित हुनुपरेको सिरियाली राज्य सञ्चालित साना न्यूज एजेन्सीले जनाएको छ ।