सिमकोट–जिल्ला वन पञ्चवर्यीय योजनामा निर्धारण गरिएको कोटाभन्दा बढीको जडीबुटी निकासी रोकिएको छ । चालु आर्थिक वर्षका लागि ५०० क्विन्टल मात्र जटामसी निकासी गर्न सकिने योजनामा उल्लेख भएका कारण त्यसबाहेकका जडीबुटी जिल्लामै थन्किएको हो ।


ADVERTISEMENT


गत वर्ष नै संकलन भएर जिल्लाबाहिर निकासी हुन नसकेको ७०० क्विन्टल जटामसी यतिखेर जिल्लाका विभिन्न भागमा अलपत्र अवस्थामा रहेको जडीबुटी व्यापारी संघका अध्यक्ष रामाबहादुर भण्डारीले बताए ।


ADVERTISEMENT

# # #


यसबाट जडीबुटी व्यापारीहरुको चार करोड ५५ लाख आर्थिक कारोबार रोकिएको उनले बताए । जिल्लाका सिमकोट, खार्पुनाथ, दोजाम, राया, थाली र सर्किदेउमा जटामसी थन्किएको अध्यक्ष भण्डारीले बताए ।

हुम्ला जिल्लामा पाइने जटामसीको प्रतिकेजी ६५० रुपैयाँ मूल्य पर्ने गरेको छ । जिल्लाबाट निकासी हुने मात्रा कम भएकाले जडीबुटी जिल्लामै थन्किँदा वन कार्यालयलाई १४ लाख र गाउँपालिकालाई १० लाख ५० हजार रुपैयाँ राजस्व घाटा लागेको छ ।–आजको गोरखापत्रबाट