काठमाडौं । नेकपा एमाले र माओबादी केन्द्र औपचारिक रुपमा नै एक हुने मिती नजिकिँदै छ । दुबै पार्टीका भातृ संगठनहरु समेत पार्टी एकताको वातावरण निर्माण गर्दै संगठनहरु व्यवहारिक रुपमा नै नजिक बन्ने कसरतमा छन् । शनिबार काठमाडौंमा आयोजित बृहत् युवा भेला सहितको कार्यक्रममा युवा संघ र वाईसियलका नेताहरुले ‘नङ र मासु’ को सम्बन्ध स्थापित गर्ने संकल्प गरेका छन् ।


ADVERTISEMENT


युवा संघ नेपालले आयोजना गरेको उक्त भेलामा एमाले पोलिट्ब्युरो सदस्य तथा युवा फाँट प्रमुख पूर्व परराष्ट्रमन्त्री महेन्द्र बहादुर पाण्डे प्रमुख अतिथी रहेका थिए ।


ADVERTISEMENT

# # #


भेलामा दुवै दलका युवा इन्चार्ज र नेतृत्व एकै ठाउँ उभिएर नेतृत्व बाहिर हुने गरेका गतिविधिलाई समेत चुनौती दिएको दुवै युवा नेतृत्वले बताएका छन् ।

राजधानीमा संयुक्त र शक्तिशाली कार्यक्रम सम्पन्न हुनुले युवा आन्दोलनको भबिष्य उज्वल बनेको र विकास समृद्धिको राष्ट्रिय एजेन्डामा युवाहरुले काँध थाप्ने अबस्था आएको संघका अध्यक्ष राजिब पहारीले जिकिर गरेका छन् ।

संघका सचिव माधव बास्तोला प्रमुख रहेको संगठन भिभागले युवा संघबाट प्रदेश तथा संघीय संसदमा विजयी अध्यक्ष पहारी, उपाध्यक्ष एवं प्रदेश साँसद चन्द्र लामा लगायत नेताहरुलाई सम्मान तथा बधाई समेत ज्ञापन गरेको थियो ।

मुलुक समृद्धिको दिशातिर अघि बढिरहेको हुनाले अबका युवाहरुले पनि बाहुबल र विधि बाहिरबाट नभई विचार र सिर्जनात्मक बाटोबाट मात्र मुलुकको उक्त सपना पूरा गर्न सक्ने भन्दै दुवै युवाहरुका इन्चाजहरु क्रमशः पूर्व मन्त्री पाण्डे तथा आरसी सापकोटाले ‘अबको आन्दोलन बलशाली भन्नेहरुले नभई बौद्धिक पंक्तिले मात्र अघि बढाउन सक्ने’ धारणा राखेका छन् ।

युवा संघ केन्द्रीय अध्यक्ष पहारी, वाइसिएल अध्यक्ष रामप्रसाद सापकोटा (दीपशिखा), उपाध्यक्ष दिलु पन्त लगायतले देशभरीका युवाहरुको नेतृत्व युवासंघ र वाईसियलले गर्ने र यस्का लागि माउ पार्टी एकता संगै युवा संगठनहरु समेत एक बनेर अघि बढ्ने सामुहिक प्रतिबद्धता ब्यक्त गरेका छन् ।

कार्यक्रम सञ्चालन संगठन विभाग सचिव तथा केन्द्रीय सचिवालय सदस्य निरेशलाल सिंहले गरेका थिए । स्वागत मन्तव्य संगठन विभाग उपप्रमुख पूर्ण लामाले गरेका थिए ।

युवा संघ सचिव नरेश शाहीले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्रको टिपोट सचिव हस्तबहादुर शाही र सचिवालय सदस्य रमेश आचार्यले टिपोट गरेका थिए ।

कार्यक्रम हलमा सिट समेत नपाएर किनार र भित्तामा समेत उभिएर कार्यक्रम सुनिरहेका युवाहरुको उपस्थिति हजार भन्दा बढी रहेको आयोजकको दाबी छ ।