काठमाडौं–रसियन युवतीलाई नेपालको बाटो हुदैँ भारत तस्करी गर्ने नेपाली एजेन्ट पक्राउ परेका छन् । २ जना रसियन युवतीलाई प्रहरीले उद्धार गरेको छ । रुपन्देही प्रहरीले बेलहियाका बब्लु मिया सिद्धिकीलाई पक्राउ गरेको एसपी श्यामलाल ज्ञवालीले जानकारी दिए । उद्धार हुनेमा २ जना रसियन मुलकी यसवती नारगिदा र कुन्देश खाखारमनी रहेकी छन् ।


ADVERTISEMENT


एसपी ज्ञवालीका अनुसार बब्लु रसियन युवती भारतमा तस्कर गर्ने नेपाली एजेन्ट हुन् । उनले भैरहवा क्षेत्रबाट युवतीहरु भारतमा पठाउन सहयोगीको भुमिका निर्वाह गर्छन् ।


ADVERTISEMENT

# # #


बब्लुले नेपालका आएका रसियन, उज्वेकिस्तान, ताजकिस्तान लगायतका देशबाट पर्यटक भिसामा नेपाल आएका युवतीलाई भारतको नक्कली भिसा लगाइ सुनौली नाकाबाट भारत पठाउने गरेको अनुसन्धानबाट खुल्न आएको छ ।

युवतीहरुलाई नक्कली भिसा बनाउन, यातायतको खर्च र भारतीय प्रहरीलाई घुस दिनका लागि भन्दै बब्लुले एक जना विदेशी युवतीबाट ५ लाख रुपैयाँ उठाउदैँ आएका थिए । भारतमा राम्रो कमाइ हुने आश्वासन देखाएर विदेशी युवतीहरुलाई नयाँ दिल्ली लैजाने र त्यहाँ उनीहरुलाई यौनशोषण गराइन बाध्य बनाइने गरेको एसपी ज्ञवालीले बताए । बब्लुले एक साताअघि मात्र ३ जना रसियन युवतीहरुलाई सुनौली नाका हुदैँ नयाँ दिल्ली पुर्याएका थिए ।

बब्लुले भने सुनौली नाकाबाट मात्र युवतीहरु भारत पठाउन आफूले सहयोग गर्ने गरेको बताएका छन् । प्रहरी वयानमा उनले भनेका छन्, ‘मैले सुनौली नाकाबाट मात्र उनीहरुलाई भारत प्रवेश गराउने गरेको छु, यस्तै काम कृष्णनगर र रक्सौल नाकाबाट पनि हुन्छ ।’

प्रहरी अनुसन्धान के भन्छ भने, नेपालको बाटो हुदैँ रसियन युवती भारतमा तस्करी गर्ने एउटा अन्तर्राष्ट्रिय समूह छ । उनीहरुले नेपालबाट मात्रै नभइ दुबइ, मलेसिया, बैंककबाट विदेशी युवतीहरु नेपाल ल्याई भारतीय नाकाहरुबाट उनीहरुलाई भारत प्रवेश गराउदँछ ।

प्रहरीका अनुसार यसरी युवतीहरुको तस्कर गर्ने नाइके भारतमा बस्छन् । उनको नाम जोगिन्दर सिंह हो ।उनीसँग नेपाल र भारत दुवैको नागरिकता र पासपोर्ट छ । उनले कपिलवस्तुबाट नागरिकता र पासपोर्ट लिएका छन् । जोगिन्दर सिंह तिनै हुन् जसले प्रहरी इन्कान्टरमा मारिएका मनोज पुनलाई भारतमा सेल्टर दिएका थिए ।