काठमाडौं–निर्माता छबिराज ओझा हमेशा अभिनेत्रीसँगको सम्बन्धका कारणले चर्चामा छाउने गरेका छन् । केही पहिले अभिनेत्री रेखासँगको डिभोर्सको कारणले पटक–पटक समाचारमा छाउने उनी रेखासँग छुट्टिए पछि अर्की अभिनेत्री शिल्पा पोखरेलसँगको सम्बन्धको कारणले चर्चामा छाउने गरेका छन् ।


ADVERTISEMENT


शिल्पा रेखा पछि छबिराज ओझाको ब्यानरमा भित्रिएकी अभिनेत्री हुन् । कतिपयले त छबि र शिल्पा लिभिङ टुगेदरमा बस्दै आएका छन् भन्ने गरेका छन् । तर यो दुवै स्वीकादैनन् ।


ADVERTISEMENT

# # #


शिल्पालाई अभिनेता छबिराज ओझाले आफ्नो ब्यानरमा बनेको चलचित्र ‘लज्जा’बाट डेव्यू गराएका हुन् । त्यसपछि उनी ‘हवल्दार सुन्तली’, ‘हिफाजत २’ हुँदै अहिले ‘मंगलम्’मा समेत अटाएकी छन् । यो चलचित्रमा शिल्पाले छबिसँग निर्माणमा समेत सहकार्य गरेकी छन् ।

शिल्पाले स्वीकारे आफु बिबाह गर्न तयार रहेको यस अगाडि पनि छबिले कयौ पटक भनेका छन् । शिल्पाले पनि छबिको बिसयसमा ग्रिन देखाइसकेकी छन् ।

चलचित्रको वितरण गरेर निर्मातामा हात हालेका छवि पछिल्लो समय बाघ निर्माताको रुपमा समेत चिनिन्छन् । बि.सं. २०४६ सालमा राजेश हमाललाई लिएर युगदेखि युगसम्म फिल्म निर्माण गरेर निर्माताको ट्याग भिरेका छबिको अहिले बनाएको चलचित्र मंगलम् केही सातादेखि प्रदर्शनरत छ ।