काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको सार्वभौमसत्तालाई अबमूल्यन नगर्न चेतावनी दिएका छन् । युरोपियन युनियनको निर्वाचन पर्यवेक्षण मिसनले खस आर्यको आरक्षण खारेज गर्न सुझाव दिएपछि प्रधानमन्त्री ओलीले सार्वजनिक रुपमै आपत्ति जनाएका छन् ।


ADVERTISEMENT


संविधान नेपालको उपलब्धी भएको भन्दै उनले त्यसलाई अबमूल्यन नगर्न चेतावनी दिए । ‘यो नेपालललाई अण्डरमाइन्ड गरेको हो, हेपेको हो’ उनले भने, ‘यसलाई मैले र नेपाली जनताले हेपिएको महसुस गरेका छौं ।’


ADVERTISEMENT

# # #


नेपालको विरोधपछि सच्याउँला भन्ने ठानेको तर, ईयू झन जिद्दिपूर्ण देखिएको उनले बताए । उनले भने, म ईयूलाई विनम्रतापूर्वक आग्रह गर्छु, यसलाई तुरुन्त सच्याउनुपर्छ । नेपाली जनताले अरुबाट हेपिएको महसुस गरेका छन् ।’