काठमाडौं – धनगढीमा चैत १७ गतेदेखि हुने धनगढी प्रिमियर लिग (डीपीएल–२०) क्रिकेट प्रतियोागिताको सर्वोत्कृष्ट खेलाडीले गोल्डेन बुट पाउने भएको छ ।


ADVERTISEMENT


आयोजक धनगढी क्रिकेट एकेडेमीले आइतबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई सुनको जुत्ता उपलब्ध गराउन लागेको जानकारी दिए ।


ADVERTISEMENT

# # #


आयोजकले गोल्डस्टार जुत्ताको उत्पादक किरण सुज म्यानुफ्याक्चरर्ससँग प्रायोजन सम्झौता गरेपछि उसले सर्वोत्कृष्ट खेलाडीलाई सुनको जुत्ता उपलब्ध गराउन लागेको हो । डीपीएलको सर्वोत्कृष्ट खेलाडी प्राविधिक समितिले चयन गर्ने बताएको छ ।

डीपीएलको प्लेयर अफ दि सिरिजलाई भने मोटरसाइकल उपहार दिने यसअघि नै घोषणा भइसकेको छ ।