काठमाडौं–सरकारसंग पर्याप्त मन्त्रीक्वार्टर नहुँदा मन्त्रीहरुलाई बासको निकै समस्या पर्ने गरेको छ । हरेक सरकार गठन भएपछि बन्ने मन्त्रीले कोठा खोज्नका लागि निकै सास्ती खेप्ने गरेका छन् ।


ADVERTISEMENT


ललितपुरको पुल्चोकमा अहिले १८ खोटा मन्त्रीक्वार्टर रहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा गठन भएको मन्त्रिपरिषद् हाल २२ सदस्यीय छ । अहिलेसम्म १९ जना मन्त्रीले सरकारी क्वार्टर प्राप्त गरेका छन् भने बाँकी दुई जना मन्त्रीले क्वार्टर पाउन सकेका छैनन् ।


ADVERTISEMENT

# # #


मन्त्री बस्ने घरमा सेन्ट्री पोष्ट र सुरक्षाकर्मी बस्ने कोठा चाहिने भएकाले कम्तीमा दुई वटा फ्ल्याटको आवश्यक्ता पर्छ ।

मन्त्रीहरु भनेजस्तो डेरा नपाएर भौतारिने अवस्था सिर्जना हुने गरेको छ ।–आजको नेपाल समाचारपत्रबाट