काठमाडौं । राजनीति स्थायित्वको मूलबाटो हुँदै अघि बढेको छ । शिक्षा क्षेत्र र बिधार्थी आन्दोलनले विकास र समृद्धिको गन्तब्यमा पुग्न देशलाई दिशानिर्देश समेत गर्नुछ । योबेला सक्षम, अनुभवी र भिजन सहितको नेतृत्वका लागि बिधार्थीहरुको बलियो र पहिलो संगठन अखिल कुरेर बसिरहेको छ ।

सर्बत्र चर्चा छ, अबको अखिल कस्ले हाँक्छ ? यस पटक न्यायको तराजु नै बोलेको छ – ”अखिलको अध्यक्षबारे अघिल्लो पटक नै फैसला भईसकेको छ ।”


ADVERTISEMENT

# # #


बझाङको जयपृथ्वी नगरपालिका–७ मा वि.सं. २०४० साल असार २७ गते बुवा रामबहादुर र आमा स्व. रतनादेवी महरका सुपुत्रका रुपमा जन्मिएका हुन्, ऐन महर।

छयलास्थित देवस्थली प्राविमा कक्षा–५ सम्म अध्ययन गरेका महरले ६ देखि कक्षा १० सम्मको पढाई सुवेडास्थित सुन्नीपीपल चौर माविबाट गरेका हुन्।

एसएलसी पास गरेपछि महरको यात्रा राजधानी काठमाडौं तर्फ अघि बढ्यो ।

अमृत साइन्स क्याम्पसमा विज्ञान विषयमा प्रविणता प्रमाणपत्र तह र स्नातक तहको अध्ययन पूरा गरेका उनले ग्रामीण विकास र समाजशास्त्र विषयमा त्रिचन्द्र क्याम्पसबाट स्नातकोत्तर गरेका छन्। निरन्तरको सिकाई नै जीवनको दृष्टि ठान्ने उनको अध्ययनको क्रम जारी छ। उनी यस अर्थमा पनि भाग्यमानी छन् की राजनीतिक अभियान र अध्ययनमा महरकी श्रीमती सनुजा श्रेष्ठले पनि निरन्तर सहयोग पुर्याइरहेकी छिन्।

विद्यार्थी राजनीतिमा सक्रिय महर सितोरियो कराँँतेका ‘ब्ल्याक बेल्ट सेकेन्ड डन’ हुन्। उनले प्रशिक्षक नै भएर काम गरेका उनले कराँतेका राष्ट्रिय प्रतियोगिताहरुमा पनि सहभागिता जनाएका छन्।

खेल क्षेत्रमा पनि उनीको बलियो दख्खल छ ।

वि.सं. २०४६ सालको पहिलो जनआन्दोलनका बेला महर ६ वर्षका मात्रै थिए। राजनीतिक पारिवारिक पृष्ठभूमिका कारण पनि झुकाब बढि नै रहेको थियो । राजनीतिका बारे सुनिने समाचारहरुले त्यस प्रतिको रक्तसञ्चार बढ्न थालिसकेको थियो ।

बुवा रामबहादुर महर नेपाली कांग्रेसका नेता, यता ऐनलाई भने बामराजनीतिले मन चोरिसकेको थियो ।

२०५० साल जेठ ३ गते एमालेका महासचिव मदन भण्डारीको हत्याकाण्ड पश्चात उनको बालमस्तिष्कमा ऐतिहाँसिक छाप पार्यो की उनी आफ्नो जीवनलाई निर्विकल्प राजनीतिमा होम्ने सँकल्प सहित तयार भए ।

सुरुमा त्रिचन्द्र क्याम्पस भर्ना भए पनि काँग्रेसको अनावश्यक दवाव अपाच्य भएपछि उनी खुला राजनीतिको उडान भर्न क्याम्पस नै परिवर्तन गर्दै अमृत साईन्स क्याम्पस भर्ना भए ।

अस्कलमा अनेरास्ववियूको क्याम्पस कमिटीमा आबद्ध हुँदै बिधार्थी राजनीतिमा हाम फालेका उनी सामाजिक, आर्थिक राजनीतिक साँस्कृतिक रुपमा आमुल परिवर्तन गर्दै देश र जनताका पक्षमा जीवन भर लाग्ने प्रण समेत गरे ।

कांग्रेस निकट नेवि संघको दबदबा रहेको त्रिचन्द्र कलेजमा २०६२ को स्ववियू निर्वाचनमा अनेरास्ववियूले सचिव सहित केही सदस्यहरु जित्न सफल बनाउनेमा अखिलको संगठन शक्तिशाली बनाउँदै महरको सफल नृतृत्वको उदाहरण प्रस्तुत भएको छ ।

२०६२, ६३ को दोश्रो जनआन्दोलनमा बिधार्थी राजनीतिको अग्र मोर्चा सम्हालेका उनी त्यसबेला गम्भिर घाइते पनि भए।

२०६३ मा अखिल केन्द्रीय सदस्यमा उपबिजेता मात्रै बनेका उनले त्यसबेला केन्द्रीय सम्पर्क विभागको सचिव भएर काम गरे। २०६५ सालमा सम्पन्न १९औं सम्मेलनबाट अखिल केन्द्रीय सदस्यमा विजयी भए महर ।

२०६७ सालमा जनकपुरमा सम्पन्न २०औं सम्मेलनमा सबैभन्दा बढी मत ल्याएर सचिवालय सदस्यमा निर्वाचित भएका महर २१ औं राष्ट्रिय सम्मेलनबाट उपाध्यक्षमा निर्वाचित भए।

२०७२ सालमा काठमाडौंमा भएको २२औं सम्मेलनबाट ऐन महर अखिलको केन्द्रीय महासचिवमा निर्वाचित भएका हुन् ।

अखिलमा लामो समय देखिको योगदान, बिधार्थी राजनीतिमा खेलेको सफल भूमिका, आम बिधार्थीहरुको बिश्वास बोकेका महर समयले खोजेको शसक्त, बौद्धिक र जुजारु युवा नेतृत्वका रुपमा स्थापित भईरहेका छन् ।

अघिल्लो पटक नै अखिलको नेतृत्व सम्हाल्ने अवसरलाई अर्को पटकको शर्त सहित नविना लामालाई सघाउँदै सफल टिम हाँकेका महर यस पटक अखिलको निर्विकल्प अध्यक्षका रुपमा बलियो उचाई बनाएका छन् । यसपटक भने न्यायको तराजुमा तौलिँदै उनी एकमात्र दाबेदारका रुपमा देखिएका हुन् ।

अखिलको अध्यक्ष भएपछिका उनीसँग ठोस र परिवर्तित समयले खोजेका बिशेष एजेन्डाहरु छन् जस्ले शैक्षिक स्तर, बिधार्थी राजनीति, आम शैक्षिक जमात र देशलाई नै अग्रगामी गति दिन सक्छ ।

२० वर्षदेखि निरन्तर राजनीति र बिधार्थी आन्दोलनमा अनवरत उनी विकास समृद्धि सामाजिक न्याय, समानता र गणतन्त्रको सुदृढीकरणका लागि जीवनभर लडिरहने अठोट छ ।

महर आम बिधार्थी राजनीतिमा आफूलाई स्थापित गराउँदै आम बिधार्थीहरुको माया र बिश्वासको कसीमा अब्बल प्रस्तुत गरिसकेका छन् । दुर्गम बझाङमा जन्मिएका उनी देशैभरको बिधार्थी आन्दोलनको मोर्चा हाँक्दै समाज, देश र जनताका लोकप्रिय नेता बन्ने यात्रामा अग्रसर छन् ।

अनुभव, नेतृत्व क्षमता, दक्षता, लोकप्रियता र राजनीतिक चरित्रले खारिएका महरको नेतृत्वमा अखिलको चम्किलो र गर्भिलो म्याराथुन गति हेर्ने पर्खाईमा आम बिधार्थी जमात रहेको सर्बेक्षण छ जस्ले बिधार्थी आन्दोलनको गन्तब्यबाट देशमा समृद्धि र विकासको दीर्घकालिन दिशानिर्देश गर्नेछ ।

 

प्रतिकृया

प्रतिकृया