शर्मिला विश्वकर्मा, काठमाडौँ– १३ औं विश्व डाउन सिण्ड्रोम दिवसको अवसरमा समावेशी साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ ।


ADVERTISEMENT


डाउन सिण्ड्रोम समाज नेपाल(डीएसएसएन)को आयोजना तथा जाउलाखेल ग्रुप अफ इण्डस्ट्रिजको सहयोगमा काठमाण्डौंमा गरिएको उक्त कार्यक्रममा डाउन सिण्ड्रोम अपाङ्गता र बौद्धिक अपाङ्गता भएका बालबालिकाहरुले विभिन्न गीतहरुमा नृत्य प्रस्तुत गरे ।


ADVERTISEMENT

# # #


कार्यक्रममा आयोजक संस्था डीएसएसएनकी अध्यक्ष शिला थापाले डाउन सिण्ड्रोम अपाङ्गता भएका व्यक्तिहरुले अवसर पाएको खण्डमा आफ्नो प्रतिभा प्रस्तुत गर्न सक्ने बताइन् । यस्तै प्रमुख अतिथी तथा सैनिक श्रीमती संघकी अध्यक्ष क्षेत्रीले यस्ता बालबाबालिकाहरुको हक हित अधिकार सुनिश्चित गराउनको लागि सबैको साथ र सहयोग रहेको बताइन् ।

उनले सैनिक श्रीमती संघको तर्फबाट डाउन सिण्ड्रोम अपाङ्गता भएका बालबालिकाहरुको सहयोगको लागि डीएसएसएनकी अध्यक्ष शिला थापालाई २५ हजार रुपैया प्रदान गरिन् । ।

त्यस्तै आयोजक संस्था डीएसएसएनकी उपाध्यक्ष धनकुमारी सुनारले समाजका सबै निकायहरुले डाउन सिण्ड्रोम अपाङ्गता भएका बालबालिकाहरुको प्रतिभाको कदर गर्नु पर्ने कुरामा जोड दिदै दिइन् ।

कार्यक्रमको उद्घाटन कार्यक्रमकी प्रमुख अतिथी तथा सैनिक श्रीमतीसँघकी अध्यक्ष रिता क्षेत्रीले गरेकी थिइन ।