काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष पशुपतिशम्शेर जबरा स्वास्थ्य परीक्षणका लागि आज भारत प्रस्थान गरेका छन् ।


ADVERTISEMENT


नयाँदिल्लीस्थित आयुर्वेदिक अस्पतालमा नियमित स्वास्थ्य परीक्षणपछि उनको भारतीय जनता पार्टीका शीर्ष नेतृत्वसँग भेटघाटको कार्यक्रम तय गरिएको पार्टीका प्रवक्ता राजेन्द्र गुरुङले जानकारी दिए ।


ADVERTISEMENT

# # #


उनले भारतीय नेताहरूसँगको भेटका साथै औद्योगिक लगानी वृद्धि गर्न उद्योगीहरुलाई आग्रह गर्नेछन् । करिब एक साताको भ्रमणका क्रममा उनले पारिवारिक भेटघाट र केही सामाजिक कार्यमा पनि सहभागिता जनाउनेछन् ।