काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले वामपन्थी सरकारको भावी योजना तथा वैदेशिक नीतिका बारेमा अन्तर्राष्ट्रिय समुदायलाई ब्रिफिङ गर्ने भएका छन् ।


ADVERTISEMENT


परराष्ट्र मन्त्रालयको संयोजनमा प्रधानमन्त्रीले नेपालस्थित कुटनीतिक नियोगका प्रमुख, पदाधिकारी र विकास साझेदारहरुलाई आफ्नो सरकारको नीतिबारे सामुहिक ब्रिफिङ गर्न लागेका हुन् ।


ADVERTISEMENT

# # #


कुटनीतिक नियोगसँग सामुहिक छलफलको प्रबन्ध परराष्ट्र मन्त्रालयले मिलाएको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले बताए ।

मध्याह्न प्रधानमन्त्री निवास बालुवाटारमा हुने ब्रिफिङमा ओलीले नेपालको विदेश नीतिका साथै नेपालमा अब स्थिर सरकार बनेकाले विकासमा साझेदारीको आह्वान समेत गर्ने बताइएको छ ।

युरोपियन युनियनको निर्वाचन पर्यवेक्षण प्रतिवेदन विवादमा परेका बेला सरकारले काठमाडौंमा रहेका सबै कुटनीतिज्ञहरुसँग सामुहिक छलफल गर्न लागेको हो ।