नेपालगञ्ज – नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले नयाँ शक्ति पार्टी ‘दूध’ भएकोले ‘पानी’ बराबरका पुराना पार्टीहरुसँग ध्रुवीकरणमा नजाने बताएका छन् ।


ADVERTISEMENT


उनले सोमबार नेपालगञ्जमा सम्पन्न नयाँ शक्ति पार्टी नेपाल प्रदेश ५, कर्णाली प्रदेश र प्रदेश ७ को संयुक्त प्रशिक्षणात्मक लुम्बिनी बैठकको भाव सम्प्रेषण कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका छन् ।


ADVERTISEMENT

# # #


अहिले नयाँ शक्ति पार्टी पुराना शक्तिहरुसँग ध्रुवीकरणमा नजाने स्पष्ट पार्दै उनले भने, “हामी दूध हौं, अरु पानी हुन् अरुमा मिसिन जाने भनेको पानीमा दूध मिसाउनु जस्तै हो, जसको अर्थ हुँदैन । बरु अलिकति दूधको मात्रा बढाएर, केही थोरै मात्रामा सफा पानी दूधमा थप्न सकिन्छ । तर, पानीमा मिसिन जान सकिँदैन ।”

त्यस्ते संयोजक भट्टराईले सीमांकनका आधारमा प्रदेश ५ उँट जस्तो बनेको बताएका छन् । प्रदेश ५ को संरचना उँटको जस्तो भएकोले यो लामो समय यथास्वरुपमा रहनेमा आशंका गरे ।

उनले संघीयताले तल्लो तहसम्म राजनीतिक अधिकार निक्षेपण गर्दै नागरिकको हक, अधिकार र पहिचानलाई सुनिश्चित गर्ने भएकोले पहिचान र सामथ्र्यलाई आधार बनाएर राज्य पुनर्संरचना आयोगले दिएको प्रतिवेदन अनुसार प्रदेशहरुको सीमांकन गरिनु नै वस्तुवादी र वैज्ञानिक भएको ठहर गरे ।

संयोजक भट्टराईले राज्यको अवधारणा लोकतन्त्रसँगै गाँसिएर आउने भएकोले स्वतन्त्र, समानता र भातृत्वलाई लोकतन्त्रको आधार बनाइएकोमा यी तीनवटै अवयवहरुलाई सँगसँगै लिएर अघि बढ्नुपर्नेमा पूँजीवादले स्वतन्त्रताको मात्र वकालत गर्ने र पारम्परिक समाजवादले समानताको मात्रै कुरा गर्ने तर स्वतन्त्रतालाई छाड्ने गरेकाले अब लोकतन्त्रको सबै अवयवहरुलाई सँगसँगै लिएर जानका लागि तेस्रो वैकल्पिक राजनीतिक धारको आवश्यकता औंल्याए ।

त्यसका लागि सहभागितामुलक लोकतन्त्रमा आधारित समुन्नत समाजवाद नै अबको राजनीतिक गन्तव्य भएकोले नयाँ शक्तिले समुन्नत समाजवादसम्मको यात्राका लागि स्पष्ट रुपमा ‘५ स’को भिजन प्रस्तुत गरेको बताए ।

उनले आफूले विगतमा समाजवादी केन्द्रको स्थापना गर्ने उद्देश्यका साथ वामपन्थी गठबन्धनमा सामेल हुने निर्णय गरेको तर, एमाले र माओवादी केन्द्र त्यो उद्देश्यबाट विचलित भएकाले गठबन्धन छाडेर बाहिर आउनुपरेको बताउँदै दुई पार्टीको एकतालाई उनले ‘आत्महत्या’को संज्ञा दिए ।