काठमाडौं–पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिकाको बाबियाचौरमा एक छात्रा मंगलबार मृत भेटिएकी छन् ।


ADVERTISEMENT


पञ्चपुरी नगरपालिका–३ चौर घर भइ एसईई परीक्षाका लागि बाबियाचौरमै डेरामा बसेकी गौरीकला रोकायको रहस्यमय मृत्यु भएको हो ।


ADVERTISEMENT

# # #


परीक्षा समय हुनै लाग्दा समेत कोठाबाट ननिस्केपछि उठाउन जाँदा रोकाय विभत्स अवस्थामा मृत भेटिएकी थिइन् । १८ वर्षीया रोकाय सूर्यप्रकाश मावि पलैटेमा अध्ययनरत छात्रा हुन् । उनको शरीरमा चोट र निल डामहरु देखिएको र विभत्स अवस्थामा मृत भेटिएकोले हत्या भएको अनुमान प्रहरीको छ ।

यता जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख, प्रहरी उपरीक्षक उमाान्त चतुर्वेदीले घटनाको प्रकृति हेर्दा हत्या गरेको हस्तो देखिएपनि केही नखुलेको बताए ।