परासी–महेसपुर भन्सार कार्यालयल नवलपरासीले चालु आर्थिक वर्षको ८ महिनामा करिब ५ करोड राजस्व संकलन गरेको छ ।


ADVERTISEMENT


कार्यालयले साउन महिनादेखि फागुन मसान्तसम्म कुल ४ करोड, ७६ लाख ७ हजार ९३२ रुपिया राजस्व संकलन गरेको छ । यो राजस्व गत आर्थिक वर्षको फागुन मसान्तसम्मको तुलनामा ९० लाख ७६ हजार १५४ रुपिया बढि रहेको कार्यालले जनाएको छ ।


ADVERTISEMENT

# # #


जिल्लामा रहेको ५ छोटी भन्सार मध्ये महेसपुर भन्सार जिल्लाको मुल नाकाको रुपमा रहेको छ । महेसपुर भन्सारले गएको फागुन महिनामा ६३ लाख, ४ हजार ६ रुपिया राजस्व उठाएको छ भने गएको माघ महिनामा ६१ लाख १ हजार १६९ रुपिया राजस्व संकलन गरेको भन्सार कार्यालयले जनाएको छ ।

विगतका वर्षको तुल्नामा यस वर्ष बढि कारोबार भएकाले राजस्व बढि उठेको हो । यसरी भन्सारको राजस्वमा बृद्धिले यस आर्थिक वर्ष अनुमान भन्दा बढि राजस्व उठने कार्यालयको अनुमान छ ।