काठमाडौं–इस्कोको ह्याट्रिकको मद्दतले स्पेनले सन् २०१४ को फाइनलिस्ट अर्जेन्टिनालाई मैत्रिपूर्ण खेलमा ६–१ गोलको विशाल अन्तरले पराजित गरेको छ । खेलको १२ औँ मिनेटमा नै डिएगो कोस्टाले स्पेनलाई अग्रता दिलाएका थिए । लगत्तै इस्कोले गोल गर्दै स्पेनलाई २–० को अग्रता दिलाए ।


ADVERTISEMENT


घाइते लियोनेल मेस्सी बिनानै मैदानमा उत्रेको अर्जेन्टिनाका लागि निकोलास ओटामेन्डीले गोल फर्काएपछि पहिलो हाफ २–१ मा सकिएको थियो । तर, दोस्रो हाफमा स्पेनले गोलको वर्षा गर्यो । इस्कोले दुई गोल थप्दै आफ्नो ह्याट्रिक पूरा गरे भने थिएगो अल्कान्ट्रा र इयागो आसपासले एक–एक गोल थपे ।


ADVERTISEMENT

# # #


सन् २०१० को विश्वविजेता स्पेन युरो २०१६ मा बेहोरेको हारपछि पछिल्ला १८ खेलमा अपराजित रहेको छ ।जुन १५ मा युरोपियन च्याम्पियन पोर्चुगलसँग भिड्दै विश्वकप प्रतियोगिता शुरु गर्नअघि स्पेनले स्वीटजरल्याण्ड र ट्युनिसियाविरुद्ध मैत्रिपूर्ण खेल खेल्नेछ ।

अर्जेन्टिना थप समस्यामा
अर्जेन्टिनाले दक्षिण अमेरिकी छनौटको अन्तिम दिनमा विश्वकपमा आफ्नो स्थान सुरक्षित गरेको थियो । सन् १९७० पछि पहिलो पटक प्रतियोगिता गुमाउने खतरामा रहेको बेला मेस्सीले इक्वेडर विरुद्ध ह्याट्रिक गर्दै अर्जेन्टिनाको स्थान सुरक्षित गरेका थिए ।

हिजोको खेलमा मांशपेसीको चोटका कारण मेस्सी स्ट्याण्डबाट निरिह भएर आफ्नो टोलीको लज्जासपद पराजय हेर्न बाध्य भए । सन् २००९ मा विश्वकप छनौटमा बोलिभियासँग ६–१ गोल अन्तरले पराजित भए यता अर्जेन्टिनाको यो सबैभन्दा ठूलो हार हो ।