काठमाडौं–राजधानीका विभिन्न क्षेत्रमा आज दिनभर लोडसेडिङ हुने भएको छ । मेलम्ची खानेपानी आयोजनाको पाइप बिच्छाउने कार्यलाई सहजीकरण गर्न प्राधिकरणले विद्युत्त आपूर्ति बन्द गर्न लागेको हो ।


ADVERTISEMENT


नेपाल विद्युत्त प्राधिकरणका अनुसार, बिहीबार बिहान १० बजेदेखि बेलुका पाँच बजेसम्म नयाँ बसपार्क, मित्रनगर, पवित्रनगर, दीपज्योति स्कुल क्षेत्रमा विद्युत्त आपूर्ति बन्द हुनेछ ।


ADVERTISEMENT

# # #


महाराजगञ्ज वितरण केन्द्रअन्तर्गत पर्ने नयाँ बसपार्क, मित्रनगर, पवित्रनगर, दीपज्योति स्कुल क्षेत्र वरपर मेलम्ची खानेपानी आयोजनाले पाइप बिच्छ्याउने कार्य गरिरहेको छ । यसअघि अन्य क्षेत्रमा मेलम्चीको काम हुँदा पनि प्राधिकरणले विद्युत आपूर्ति बन्द गरेको थियो ।