काठमाडौं–मकवानपुर प्रहरीले बिहीबार २ सय ३० किलो गाँजा बरामद गरेको छ । इलाका प्रहरी कार्यालय मनहरीको प्रहरी टोलीले राक्सीराङ– २ का ४३ वर्षिय राजकुमार मोक्तानलाई ८० किलो गाँजासहित बिहान ३ बजे पक्राउ गरेको हो ।


ADVERTISEMENT


उनलाई हिरासितमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । त्यसैगरी हेटौंडा उपमहानगरपालिका –१९ दामिमटारबाट प्रहरीले १५० किलो गाँजा प्रहरीले बरामद गरेको छ ।


ADVERTISEMENT

# # #


६ वटा बोरामा प्याक गरी हेटौंडा लैजाँदै गर्दा प्रहरीले उक्त गाँजा बरामद गरेको हो । प्रहरी टोली देखेपछि गाँजा बोकेकाहरु छोडेर भागेका थिए । उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।