तनहुँ– काँग्रेस केद्रीय सदस्य डा. शेखर कोइरालाले वर्तमान ओली सरकारलाई ‘फु’ गरेर ढाल्ने ताकत काँग्रेससँग भएको बताएका छन् ।


ADVERTISEMENT


नेता कोइरालाले काँग्रेस तनहुँ व्यास नगरपालिका वडा नं ४ ले बिहीबार स्व। गिरिजाप्रसाद कोइरालको ८ औ स्मृती दिवसका अवसरमा आयोजित कार्यक्रममा यस्तो चेतावनी दिएका हुन् ।


ADVERTISEMENT

# # #


‘विगतमा पनि गिरिजा प्रसाद कोइरालाले एमाले नेतृत्वको सरकार फू गरेर ढालिदिएको इतिहास छ । अधियानकवाद लाद्न खोजे वर्तमान सरकार पनि फू गरेर ढालिदिन काँग्रेसलाई समस्या छैन’ नेता कोइरालाले बताए । ‘वर्तमान ओली सरकार अधिनायकवाद खोजिरहेको छ यदि साच्चै अधिनायकवाद लाद्न खोजे काँग्रेस सडकमा आउँछ र फू गरेर सरकार ढालिदिन्छ’ कोइरालाले भने ।