काठमाडौं – विश्व चर्चित गायन रियालिलिटी शो ‘‘द भ्वाईस’को नेपाली फ्रेन्चाइज‘‘द भ्वाईस अफ नेपाल’ प्रसारमा आउँने भएको छ । कार्यक्रम कान्तिपुर टिभीबाट प्रशारण हुने निर्माण संस्था एएनसी प्रोडक्सन एजेन्सीले जनाएको छ ।


ADVERTISEMENT


शोलाई ‘नेपाल आइडल’ निर्देशन गरेका लक्ष्मण पौडेलले निर्देशन गर्दैछन् । असारबाट प्रशारण हुने भनिएको यो कार्यक्रम विश्व कप फुटबलको कारण साउनबाट प्रशारण हुने तयारी गरेको एएनसीका अध्यक्ष प्रह्लाद सिंह महतले जानकारी दिए ।


ADVERTISEMENT

# # #


उक्त रिलायाली शोमा फिरोज तिमल्सिना प्रमुख सहायक निर्देशकको रुपमा रहेका छन् । सुशील नेपालले सञ्चालन गर्ने शोको निर्णायकको भूमिकामा वरिष्ठ गायक दीप श्रेष्ठ, प्रमोद खरेल, सनुप पौडेल र अबया सुब्बा छानिएका छन् ।

‘द भ्वाईस अफ नेपाल’को विजेताले शिर्ष उपाधिका साथमा २५ लाख नगद, नयाँ कार, २० लाख बराबरको भिडियो एल्बमको सम्झौता तथा विश्व भ्रमणको अवसर जिन्न सक्नेछन् ।