काठमाडौं–न भूमिगत न खुला रहेको, न शान्तिपूर्ण न सशस्त्र युद्धमा उत्रिएको, तर एकीकृत क्रान्तिको नारा आवरणमा खुलमखुला पेट्रोल बम पड्काउँदै आउन पाएको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी जनआन्दोलन ब्युँताएर त्यसको अभ्यासमा लागेको छ ।


ADVERTISEMENT


उक्त पार्टीले प्रधानमन्त्री केपी शर्मा ओली र दुईपटक प्रधानमन्त्री बनिसकेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई समेत जनअदालतमा हाजिर हुन उर्दी जारी गरिसकेको छ । सो पार्टीको स्रोतले जनअदालतमा झन्डै १० हजार मुद्दा दर्ता भएको दाबी गरेको छ ।


ADVERTISEMENT

# # #


समाचारमा लेखिएको छ, उसको दाबीअनुसार वडाध्यक्षदेखि प्रहरी उच्च निकायका प्रमुखविरुद्ध देशैभरबाट यस्ता मुद्दा दर्ता भएका छन् । ती मुद्दाहरु अधिकांश लेनदेन, सम्बन्धविच्छेद, अंशबण्डा, भ्रष्टाचारलगायत छन् ।

ओली र प्रचण्डलाई १५ दिने वारेन्ट
नेकपाले बहालवाला प्रधानमन्त्री केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डविरुद्ध १५ दिनभित्र जनअदालतमा उपस्थित हुन वारेन्ट जारी गरेको छ ।–आजको नेपाल समाचारपत्रबाट