काठमाडौं–सरकारले मन्त्रिपरिषद तथा प्रधानमन्त्री कार्यालयमा कर्मचारीको दरबन्दी बढाएको छ । यस्तै प्रधानमन्त्री कार्यालयमा महाशाखा पनि थपिएका छन् ।


ADVERTISEMENT


मन्त्रिपरिषदको बुधबारको निर्णयअनुसार प्रधानमन्त्री कार्यालयमा कर्मचारी दरबन्दी संख्या २ सय ३२ पुर्याइएको छ ।


ADVERTISEMENT

# # #


यसअघि प्रधानमन्त्री कार्यालयमा १ सय ९८ दरबन्दी थियो । केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो निजी सचिवालयमा कर्मचारी संख्या कटौती गरेका थिए ।

प्रधानमन्त्री कार्यालयमा ५ वटा महाशाखा थपिएका छन् । थपिएका महाशाखाहरुः

–मानवअधिकार तथा अन्तराष्ट्रिय सन्धीसम्झौता महाशाखा
–राष्ट्रिय सुरक्षा तथा कूटीनिक समन्वय महाशाखा
–लगानी तथा रोजगार प्रवद्र्धन महाशाखा
–पूर्वाधार विकास महाशाखा
–कानुन तथा फैसला महाशाखा (कानुन महाशाखालाई टुक्रयाएर)

यसैबीच, सरकारले प्रधानमन्त्री कार्यालयसहित सिंहदरबारभित्र रहेका २१ मन्त्रालयबाट ६ सय २१ कर्मचारी दरबन्दी कटौती गरेको छ । मन्त्रिपरिषदको बुधबारको बैठकद्धारा पारित प्रस्तावअनुसार २१ मन्त्रालयमा कर्मचारी दरबन्दी संख्या २ हजार ६ सय ५२ कायम गरिएको हो ।

यसअघि ती सबै मन्त्रालयमा गरी कर्मचारी दरबन्दी संख्या ३ हजार २ सय ६४ थियो । कटौती भएको दरबन्दीमध्ये खरिदार र सुब्बाको संख्या दुई सय हाराहारीमा छ । श्रेणीविहीन, कार्यालय सहयोगी, सवारी चालकको दरबन्दी पनि कटौती गरिएको छ ।–आजको नागरिक दैनिकबाट