काठमाडौं–यसै वर्ष सम्पन्न भएको दाङको स्थानिय चुनावमा वडा अध्यक्षका प्रत्यासी बनेका उममेदवार पुल निर्माणको सामाग्री चोरर फरार भएका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ सुकौरा र दंगिशरण गाउँपालिका वडा नं. ४ सुकदेवा, वैवाङ जोड्न पातुखोलामा निर्माणाधिन पुलको निर्माण सामाग्री दंगिशरण गाउँपालिका वडा नं. ४ का वडा अध्यक्षका प्रत्यासी बनेका ५० बर्षीय ठाकुर चौधरीले पातुखोलामा निर्माणाधीन पुलको निर्माण सामाग्री चोरेको पुष्टि भएपछि फरार भएका हुन् ।


ADVERTISEMENT


चोरेको पुष्टि भएपछि चौधरी फरार रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रकाश सापकोटाले स्रोतलाई जानकारी दिएका छन् । ठाकुर चौधरी नेकपा माओवादी केन्द्रको तर्फवाट गत असार १४ गते भएको स्थानीय तहको निर्वाचनमा दंगिशरण गाउँपालिका वडा नं. ४ बैवाङवाट वडा अध्यक्षमा चुनाव लडेका थिए ।


ADVERTISEMENT

# # #


चोरी भएका सामान घरमा फेला परेको थियो । सो पछि उनी फरार रहँदै आएका छन् । त्यस्तै उनीसँगै सोहि वडा बस्ने सुकदेवा निवासी ४५ बर्षीय सम्शेर चौधरीले पनि पुलको निर्माण सामाग्री चोरेको प्रहरीले जनाएको छ। उनी पनि हाल फरार छन् ।

पुल निर्माणको जिम्मा लिएको हिम सगरमाथा निर्माण सेवाले पुल निर्माणको सामाग्री चोरी भएको निवेदन दिएपछि खोजी गर्दै जाँदा चौधरीको घरमा चार ट्याक्टर निर्माण सामाग्री फेला परेको ईलाका प्रहरी कार्यालय हेकुलीका प्रमुख एवं प्रहरी नायव निरीक्षक वशन्त वलीले जानकारी दिए । सम्शेर चौधरीले पुल निर्माणको सामाग्री चोरेर घरमा लगेका केहि सामान करेसाबारीमा र केही सुकेको घाँस तथा परालले छोपेर लुकाई राखेको अवस्थामा फेला परेको थियो ।

त्यस्तै माओवादीका नेता तथा वडा अध्यक्षका प्रत्यासी ठाकुरप्रशाद चौधरीले भने चोरेर लगेका निर्माण सामाग्रीले नै टहरो निर्माण गरि त्यसभित्र परालले छोपेर राखेको अवस्थामा रड तथा तारजाली फेला परेको ईप्रका हेकुलीका प्रमुख वलीले बताए ।

प्रहरीका अनुसार दुईवर्ष अगाडि नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सिंचाई मन्त्री दीपक गिरीले उक्त पुल शिलान्यास गरेदेखि नै निर्माण कम्पनीले त्यहाँ निर्माण सामाग्री ल्याएर काम गरिरहेको थियो । त्यतिबेला देखि नै उनीहरुले मौका छोपेर पुल निर्माणका सामाग्री चोरी गर्न थालेको प्रहरीले अनुमान गरेको छ ।

सम्शेर चौधरी पुल निर्माण कम्पनीको पूर्व ट्रेक्टर चालक समेत हुन । कम्पनीले दशै तिहार जस्ता पर्वहरुमा कोही नभएको मौका छोपी पूल निर्माणका सामाग्री चोरी गरेको हुन सक्ने प्रहरीको अनुमान छ । प्रहरी नायव निरीक्षक वलीका अनुसार सम्शेर चौधरीको घरवाट साढे २ ट्रेक्टर निर्माण सामाग्री बरामद भएको थियो भने नेकपा माओवादी केन्द्रवाट वडा अध्यक्षका प्रत्यासी ठाकुरप्रशाद चौधरीको घरवाट एक ट्याक्टर बढी निर्माण सामाग्री बरामद भएको थियो ।

त्यस्तै प्रहरीको छापापछि स्थानीय खोला नालाहरुमा बाँकी एक ट्रेक्टर जति निर्माण सामाग्री फेला परेको छ । चौधरी द्धयको घरमा बरामद निर्माण सामाग्री झन्डै ३० लाख बराबर पर्ने प्रहरीले अनुमान गरेको छ । यसैविच पूल निर्माणको जिम्मा पाएको कम्पनीले भने आफ्नो चोरी भएको सामाग्री यथासक्के चाँडो प्रकृया मिलाई दिएर उपलब्ध गराईदिन माग गरेको छ ।

‘ दोषीलाई कानुनी कारवाही हुनुपर्छ त्यसमा दुईमत रहने,तर त्यसका साथै चोरी भएको हाम्रो सामाग्रीपनि हामीलाई छिटो भन्दा छिटो उपलब्ध गराईमा कामगर्न सहज हुने थियो ।’ नाम उल्लेख नगर्ने सर्तमा एकजना पूल निर्माणमा खटिएका इञ्जिनियरले फोनमा भने । उनले कानुनी प्रक्रिया सुरु गर्दा महिनौं सम्म चोरी भएको निर्माण सामाग्री नपाउँदा काममा ढिलाई हुने चिन्ता जाहेर गरेका थिए ।